मादी गाउँपालिकामा एमाले विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मादी गाउँपालिकामा एमाले विजयी


२ जेष्ठ २०७४, मंगलबार


कास्की । कास्कीको मादी गाउँपालिकाका अध्यक्षमा नेकपा एमालेका वेदबहादुर गुरुङ चार हजार ६३७ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवीजङ्ग गुरुङले तीन हजार ६५३ मत र नेकपा माओवादी केन्द्रकी राधा सापकोटाले ६७४ मत प्राप्त गरेकी छिन् ।

यस्तै उपाध्यक्षमा एमालेकी विष्णु पौडेल आचार्य चार हजार ५२३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी प्रभाश्री गुरुङले तीन हजार १३१ र माओवादी केन्दंकी नन्दश्री गुरुङले एक हजार २०४ मत प्राप्त गरेका छन् ।

बाह्र वडा भएको सो गाउँपालिकामा एमालेले वडा नं. १, २, ४, ९, १० र ११, काँग्रेसले ३, ५ र ८ तथा माओवादी केन्द्रले १२ नं. वडामा जितेका छन् । कुल १३ हजार ५५९ मत रहेको मादीमा नौ हजार ८८० मत खसेको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस