खुकुरी प्रहार गरी एक युवकको हत्या « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

खुकुरी प्रहार गरी एक युवकको हत्या


१ जेष्ठ २०७४, सोमबार


ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आइतबार खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ ।

फुङ्लिङ नगरपालिका–१० फुरुम्बु घर भएका वर्ष २६ का टाईगर भनिने सबाहाङ तवेबुङ लिम्बूको खुकुरी प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ ।

प्रहरीका अनुसार सदरमुकामस्थित कफी हाउस लाइनमा साँझ करिब ७ः३० बजे सबाहाङ माथि तीन/दुई जनाको समूहद्वारा खुकुरी प्रहार भएको थियो । पेटमा गहिरो चोट लागेका उनलाई उपचारका लागि जिल्ला अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको बताइएको छ ।

घटनामा संलग्न फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका सुमन लिम्बू घटनास्थलबाटै पक्राउ परेका छन् भने घटनामा संलग्न रहेका अन्य फरार रहेको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताए ।

उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट तीन/चारजनाको संलग्नता रहेको पाइएको छ । मृतक तवेबुङ सदरमुकाममा नै डेरा गरी बस्दै आएका थिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस