राष्ट्रपति भण्डारी बैङ्ककतर्फ प्रस्थान « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपति भण्डारी बैङ्ककतर्फ प्रस्थान


प्रशासन विशेष ब्युरो

२९ बैशाख २०७४, शुक्रबार


काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्का र थाइल्यान्डको गरी पाँचदिने औपचारिक भ्रमणका लागि आज बिहान थाइल्यान्डको बैङ्ककतर्फ प्रस्थान गरेकी छिन् ।

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा राष्टपति भण्डारी श्रीलङ्का जान लागेकी हुन् । राष्ट्रपति भण्डारी आज बिहान १०ः१५ बजे बैङ्ककतर्फ लागेकी हुन् ।

बुद्धजयन्तीका अवसरमा श्रीलङ्काले मनाउन लागेको संयुक्त राष्ट्रसङ्घीय वैशाख सम्मेलनको समापन समारोहमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुनेछिन् । आज श्रीलङ्काको राजधानी कोलोम्बोमा सुरु हुने सो सम्मेलनको समापन वैशाख ३१ गते श्रीलङ्काको दोस्रो ठूलो सहर क्यान्डीमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस