१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्साहजनक वातावरणमा निर्वाचन अघि बढेको छ– प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी स्थानीय तहको निर्वाचन समग्र रुपमा उत्साहजनक वातावरणमा अघि बढिरहेको बताएका छन् ।

स्थानीय तहको निर्वाचनका लागि भइरहेको तयारी, देखिएका समस्या र निर्वाचनसँग जोडिएर आएका विभिन्न घटनाक्रमबारे निर्वाचन आयोगमा भएको छलफलपछि प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् ।

स्थानीय तहको निर्वाचनका लागि आयोगबाट आवश्यक मेहनत र पहल नभएको भए आमजनतामा उत्साह र विश्वास पैदा गर्न निकै कठिनाइ हुन्थ्यो भन्दै प्रधानमन्त्री दाहालले सुरक्षा तयारी र सक्रियताले निर्वाचनलाई असर पुग्ने क्रियाकलाप हुन नपाएको उल्लेख गरे ।

निर्वाचनको प्रतिरोध गर्ने पक्षबाट मुलुकका केही भागमा तोडफोड, आगजनी, प्रतिरोधका घटना भएको बताउँदै उनले गोरखालगायतका जिल्लाका घटनामा सरकारबाट हस्तक्षेप भयो भन्ने कुरामा सत्यता नभएको स्पष्ट गरे ।

दोलखामा मङ्गलबार भएको घटनालाई सरकारले गम्भीर रुपमा लिएर अनुसन्धान गर्न निर्देशन दिइसकेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले प्रतिबद्धतापत्रमा भएको सामूहिक प्रतिबद्धताले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित तुल्याउन योगदान पुग्ने विश्वास व्यक्त गरे ।

नेकपा एमालेका उपनेता सुवास नेम्वाङले निर्वाचनको कार्यक्रममा सहभागी भएर होटलमा बास बस्ने तयारीमा रहेका आफ्ना कार्यकर्तामाथि सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रका कार्यकर्ताबाट आक्रमण हुँदा दोलखामा एकजनाको मृत्यु भएको घटनाप्रति आयोगको ध्यान जान आवश्यक छ भने ।

निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना रोक्न सरकार र आयोगबाट सदासयता, प्रतिबद्धता देखाउने मात्र होइन, व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता होस् – उपनेता नेम्वाङले भने ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको समग्र तयारीको अवस्थाबारे आयोगबाट स्पष्ट जानकारी माग गर्दै उनले आचारसंहिताको उल्लङ्घन गर्ने पक्षमा आयोगलाई चनाखो हुन सुझाव दिए ।

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सत्तारुढ दलसँग सम्बन्धित ठूला राजनीतिक दलबाट अत्यन्त आपत्तिजनक रुपमा भइरहेको आचारसंहिता हननका घटनाले निर्वाचनको स्वच्छता र स्वतन्त्रतामा आशङ्का उठेको धारणा व्यक्त गरे ।

उनले सरकारको उपत्यकामा चार सहर निर्माण गर्ने पछिल्लो घोषणा आचारसंहिता विपरीत हो कि होइन भनी प्रश्न गरे ।

नेपाली काँग्रेसका नेता एवम् भौतिक पूर्वाधारमन्त्री रमेश लेखकले निर्वाचनमा आफ्नो पार्टीले प्रयोग गरेका सवारी साधनमाथि धादिङ र नुवाकोटलगायतका जिल्लामा भएका आगजनीका घटनाप्रति पार्टीको ध्यानाकर्षण भएको जानकारी दिए ।

राप्रपाका नेता बुद्धिमान तामाङले प्रमुख राजनीतिक दल र सरकारबाटै निर्वाचन आचारसंहिता उल्लङ्घनबाट नियतमा शङ्का देखिएको छ भने ।

सङ्घीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठले निर्वाचन आचारसंहिता विपरीत ठूला झन्डा र ब्यानरको प्रयोग हुँदासमेत सरकार र आयोगबाट ध्यान नपुग्नुले आचारसंहिता देखाउने दात जस्तै भएको टिप्पणी गरे ।

सो अवसरमा प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तह निर्वाचनको अन्तिम तयारी भइरहेका समयमा विभिन्न ठाउँमा आगजनी र कुटपिटजस्ता घटना भएका र दोलखामा एकजनाको ज्यानै जाने घटना भएको प्रति आयोगका तर्फबाट दुःख व्यक्त गरे ।

यस्ता घटना दोहोरिन नदिन सरकार तथा राजनीतिक दलका नेताहरुबाट आ–आफ्ना दलका कार्यकर्तालाई संयमित हुन आवश्यक निर्देशन दिन अनुरोध गर्दै उनले राजनीतिक दलका शीर्ष नेतृत्वसमक्ष राजनीतिक दलको सहमतिमा आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्ने गराउने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस