२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्व सडक सुरक्षा सप्ताह आजदेखि सुरु

अ+ अ-

काठमाडौँ। चौथो संयुक्त राष्ट्रसङ्घीय विश्व सडक सुरक्षा सप्ताह आजदेखि काठमाडौँमा सुरु भएको छ ।

संयुक्त राष्ट्रसङ्घ तथा नेपालको सडक सुरक्षासँग सम्बन्धित विभिन्न सङ्घसंस्थाको सहभागितामा सडक सुरक्षा सप्ताह सुरु भएको हो ।

सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव भीमबहादुर तामाङले सवारी दुर्घटना रोक्न प्रचलित कानुनी व्यवस्था प्रभावकारी ढङ्गले कार्यान्वयन हुन नसकेको बताउँदै “पैदलयात्रु एवम् सवारी चालकको सुरक्षाका लागि सचेतना कार्यक्रमका साथै कानुन कार्यान्वयनमा कडाइ गर्नुपर्ने बताए।”

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले पछिल्लो समयमा सवारी दुर्घटनाका मुख्य कारण तीव्रगति भएको उल्लेख गर्दै सडक सुरक्षालाई ध्यान दिन पैदलयात्रु तथा सवारी चालक दुवैलाई आग्रह गरे ।

उनले हालैका दिनमा नागरिकबाट सडक सुरक्षा अभिवृद्धि गर्ने सन्दर्भमा प्राप्त सकारात्मक सहयोग र समर्थनका लागि संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिलाई धन्यवाद दिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङमार लामाले काठमाडौँको सडकमा हुने दुर्घटनामध्ये ४० प्रतिशत पैदलयात्री रहेको बताउँदै यसलाई कम गर्नका लागि महाशाखाले काम गरिरहेको जानकारी दिए ।

संयुक्त राष्ट्रसङ्घका नेपालस्थित निर्देशक रेनड मेयरले सवारी दुर्घटनाबाट हुने मानवीय क्षतिलाई कम गर्नु अहिलेको प्राथमिकता रहेको भन्दै संयुक्त राष्ट्रसङ्घको तर्फबाट सडक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण कदम चालेको बताए ।

विश्वका एकसयभन्दा बढी देशमा एकैसाथ मनाइने यो कार्यक्रम नेपालमा आगामी वैशाख ३१ गतेसम्म मनाइँदैछ ।

प्रतिक्रिया दिनुहोस