हवल्दारसहित आठ प्रहरीलाई निलम्बन « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

हवल्दारसहित आठ प्रहरीलाई निलम्बन


प्रशासन विशेष ब्युरो

२५ बैशाख २०७४, सोमबार


धादिङ। स्थानीय तह निर्वाचनको सुरक्षाका लागि खटिइएका प्रहरीले मदिरा सेवन गरी होहल्ला गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले आज प्रहरी हवल्दारसहित आठ प्रहरीलाई निलम्बन गरेको छ ।

स्थानीय निर्वाचनको सुरक्षार्थ हेटौँडास्थित रातामाटे गणबाट आएका प्रहरीलाई राति मदिरा सेवन गरी होहल्ला गरेको अवस्थामा भेटिएको कार्यालयले जनाएको छ ।

अभियुक्तलाई तत्काल निलम्बन गरी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शरदकुमार खत्रीले बताए। स्थानीय तह निर्वाचनको सुरक्षार्थ धादिङमा बाहिरी जिल्लाबाट पाँच सय प्रहरी ल्याइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस