मध्य भोटेकोसीको दुई करोड ९० लाख कित्ता साधारण सेयर « प्रशासन
Logo २९ असार २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मध्य भोटेकोसीको दुई करोड ९० लाख कित्ता साधारण सेयर


२२ बैशाख २०७४, शुक्रबार


काठमाडौँ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी मध्य भोटेकोसी जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको प्राथमिक सेयर निष्कासन गर्न लागेको हो ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धकका लागि कम्पनी र सात मर्चेन्ट बैंकरबीच बिहीबार सम्झौता भएको आयोजनाले जनाएको छ ।

कम्पनीले सेयर बिक्रीका लागि ग्लोबल आइएमई क्यापिटल, प्रभु क्यापिटल, सिभिल क्यापिटल मार्केट, एस क्यापिटल, सिबिआइएल क्यापिटल, सानिमा क्यापिटल र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले सम्झौता गरेको जनाएको छ ।

कम्पनीको एक सय अङ्कित मूल्यको दुई अर्ब ९४ करोड बराबरको दुई करोड ९४ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीका अनुसार पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १९.५ प्रतिशत अर्थात् रु एक अर्ब १७ करोड बराबरको सेयर दिने भएको छ ।

यस्तै संस्थापक सेयरधनी संस्थाका कर्मचारीका लागि ३.५ प्रतिशत अर्थात् २१ करोडको २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि एक करोड ६० लाख बराबरको सेयर निष्कासन गर्न लागेको हो ।

यसैगरी, दोस्रो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० प्रतिशत अर्थात् ६० करोडको ६० लाख कित्ता सेयर तथा तेस्रो चरणमा सर्वसाधारण र कम्पनीका कर्मचारीका लागि पुँजीको १५ प्रतिशत अर्थात् ९० करोडको ९० लाख कित्ता सेयर निष्कासन तथा बिक्री प्रबन्धक गर्न सम्झौता भएको कम्पनीले बताएको छ ।

सञ्चय कोषका सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र कम्पनीका कर्मचारीका लागि भदौसम्म सेयर निष्कासन गरिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीराम पाण्डेले बताए । उनकाअनुसार आगामी आर्थिक वर्षभित्र लक्षित सबैका लागि सेयर निष्कासन गरिनेछ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस