पहिलो चरणका लागि ३४ जिल्लाका २ सय ८३ स्थानीय निकायमा ४९ हजार २ सय ७ को उम्मेदवारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पहिलो चरणका लागि ३४ जिल्लाका २ सय ८३ स्थानीय निकायमा ४९ हजार २ सय ७ को उम्मेदवारी


२१ बैशाख २०७४, बिहिबार


काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत पहिलो चरणका लागि ३४ जिल्लाका २ सय ८३ स्थानीय निकायमा ४९ हजार २ सय ७ को उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगले बिहिवार साँझ निकालेको अन्तिम आँकडाअनुसार नगरपालिका तथा गाँउपलिका प्रमुख तथा अध्यक्षमा १९ सय २५, उपप्रमुख तथा उपाध्यक्षमा १४ सय १९, वडाध्यक्षमा १० हजार ८ सय ४१ उम्मेदवार रहेका छन् ।

यस्तै वडा सदस्यमा १८ हजार ३ सय ७१, महिला सदस्यमा ९ हजार ३३, र दलित महिला सदस्यमा ७ हजार ४ सय ७२ को उम्मेदवारी परेको छ ।

कुन कुन जिल्लामा कति उम्मेदवार रहेका छन् । हेर्नुहोस् सूचीः

 

Tags :
प्रतिक्रिया दिनुहोस