राष्ट्रपति भण्डारी मतदानमा सामेल नहुने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रपति भण्डारी मतदानमा सामेल नहुने


२१ बैशाख २०७४, बिहिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी स्थानीय निर्वाचनमा मतदान कार्यमा सामेल नहुने भएकी छन् ।

यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरुले मनोनयन गरेपछि राष्ट्रपतिले आफू संविधानको संरक्षक भएकाले निर्वाचनमा सहभागी भएर मतदान गर्दा कुनै दल विशेषलाई मत हाल्नुपर्ने भएकाले त्यस्तो निर्णयमा पुगेकी उनका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए ।

राष्ट्रपति भण्डारीको नाम काठमाडौँ जिल्ला बूढानीलकण्ठ नगरपालिका–३, चपलीको मतदाता नामावलीमा रहेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस