काठमाडौंबाटै नयाँ शक्ति पार्टीका उम्मेदवार बेपत्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौंबाटै नयाँ शक्ति पार्टीका उम्मेदवार बेपत्ता


प्रशासन विशेष ब्युरो

२० बैशाख २०७४, बुधबार


काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट नागार्जुन नगरपालिका वडा नं. ७ का वडाध्यक्षका उम्मेद्वार मदन गिरी हराएका छन् ।

मंगलबार साँझ सवा सात बजे बजे देखि गिरी सम्पर्क विहिन बनेपछि गिरीलाई अपहरणको शंका गरिएको छ ।

गिरी साँझ साढे ६ बजेबाट हराएको र सवा सात बजेतिर तीन/चार जना साथिहरुलाई म्यासेज गरेर म अपहरणमा परेको भन्ने खबर आएको र त्यसपछि उनको मोबाइलमा सम्पर्क हुन नसकेपछि अपहरणमा परेको आशंकामा उनको खोजी कार्य तिव्र पारिएको अधिकारीहरुले जनाएका छन् ।

उनको साच्चिकै अपहरण भएकै हो या होइन भन्ने विषयमा प्रहरी अहिले नै भन्न सक्ने अवस्थामा नरहेको र छिट्टै वास्तविकता बाहिर आउने पनि स्वयम्भू प्रहरीले जनाएको छ ।

यसैबीच नयाँ शक्ति पार्टीले पनि आफ्नो उम्मेदवार अपहरणमा परेको जनाएको छ । नयाँ शक्तिको आधिकारीक पेजमा भनिएको छ: आज साँझ ०७ः१२ बजे मदन गिरीलाई काठमाडौंको नयाँबजारबाट ४ जनाको समूहले अपहरण गरेको हो ।

नयाँ शक्तिको भनाइ छ –नयाँ शक्ति पार्टीले जित्ने सम्भावना बढी भएको ठाउँ भएकोले पहिलेदेखि नै नयाँ शक्तिका उम्मेद्वारहरुलाई डर, धम्की दिने गरिएको बताइएको छ । नयाँ शक्ति पार्टी, नेपालले जित्ने पक्का भएकोले विपक्षीहरुले उम्मेद्वार अपहरण गरेको नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यकारी सदस्य हिसिला यमीले बताउनुभयो । वडाध्यक्षका उम्मेद्वार गिरीको खोजी कार्य भइरहेको र प्रहरीलाई खबर गरिएको उहाँले बताउनुभयो ।

यसअघि गोरखाको भीमसेन गाउँपालिका वडा नं. ५ का वडाध्यक्षका उम्मेद्वारलाई पनि उम्मेद्वारी दिए ज्यान मार्ने धम्की दिइएको थियो । नयाँ शक्तिले आफ्नो पेजमा पोष्ट गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस