संविधानको कार्यान्वयनबाट प्रगतिको ढोका खुल्ने– उपराष्ट्रपति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संविधानको कार्यान्वयनबाट प्रगतिको ढोका खुल्ने– उपराष्ट्रपति


२० बैशाख २०७४, बुधबार


काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको कार्यान्वयनबाट देशमा प्रगतिको ढोका खुल्ने बताएका छन् ।

लर्ड बुद्ध एजुुकेसन फाउन्डेसनको पाँचौँ दीक्षान्त समारोहमा सूचना प्रविधि र व्यवस्थापन विषयमा उच्चशिक्षा हासिल गर्ने ३०० छात्रछात्रालाई बुधबार प्रमाणपत्र वितरण गर्दै उपराष्ट्रपति पुनले आफूले पाएको ज्ञानलाई राष्ट्र निर्माणमा उपयोग गर्न आग्रह गरे ।

फाउन्डेसनका संस्थापक अध्यक्ष पि केजरीवालले उच्चस्तरीय शिक्षा प्रदान गर्दै आएको यस कलेजले हालसम्म ६००० विद्यार्थी उत्पादन गरिसकेको बताए । रासस

प्रतिक्रिया दिनुहोस