जंगी अड्डामा आकस्मिक बैठक « प्रशासन
Logo १५ मंसिर २०८०, शुक्रबार
   

जंगी अड्डामा आकस्मिक बैठक


प्रशासन विशेष ब्युरो

१८ बैशाख २०७४, सोमबार


काठमाडौँ । प्रधान न्यायाधीश सुशीला कार्की माथि महाभियोग प्रस्ताव दर्ता तथा गृहमन्त्रीको राजिनामासंगै उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै नेपाली सेनाले आकस्मिक बैठक गरेको छ।

नेपाली सेनाको हेडक्वाटर जंगी अड्डामा भएको पि.एस.ओज. बैठकमा देशमा विकसित घटनाक्रमबारे समिक्षा भएको उल्लेख छ।

सेनाले जारी गरेको विज्ञप्तीमा भनिएको छ – वर्तमान परिस्थितिबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीको समिक्षा गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउने निर्णय गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस