धौलागिरि अञ्चल अस्पतालको आफ्नै औषधालय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

धौलागिरि अञ्चल अस्पतालको आफ्नै औषधालय


१६ बैशाख २०७४, शनिबार


बागलुङ । धौलागिरि अञ्चल अस्पताल बागलुङले आफ्नै औषधि वितरण केन्द्र सञ्चालनमा ल्याएको छ ।

केन्द्रको अस्पताल विकास समितिका अध्यक्ष मञ्जेशबम मल्लले केन्द्रको उद्घाटन गरे । स्वास्थ्य मन्त्रालयले केही समयअघि अस्पतालले आफैँ ‘फार्मेसी’ चलाउनुपर्ने नियम बनाएको थियो ।

केन्द्रबाट पाँच सय ६२ प्रकारका औषधि उपलब्ध हुने अस्पतालका प्रमुख चिकित्सक सागरकुमार राजभण्डारीले बताए । “चौबिसै घन्टा सेवा दिने गरी फार्मेसी खुलेको छ” चिकित्सक राजभण्डारीले भने “बिरामीले अब १० देखि ५० प्रतिशतसम्मको छुटमा औषधि पाउनेछन् ।” केन्द्रमा उपलब्ध हुने औषधिको सङ्ख्या थप्दै जाने योजनामा अस्पताल छ । अस्पतालभित्रै ‘फार्मेसी’ खुलेपछि महँगो मूल्यमा बाहिरबाट औषधि किन्नुपर्ने बाध्यताबाट बिरामीले छुट्कारा पाएका छन् ।

स्वास्थ्य बिमा कार्यक्रम र विपन्न नागरिकको उपचारका लागि समेत सोही ‘फार्मेसी’ बाट निःशुल्क रुपमा औषधि वितरण हुनेछ । ‘फार्मेसी’ को प्रभावकारिता बढाउन औषधि र जनशक्ति व्यवस्थापनमा अस्पताल लागिपरेको समितिका अध्यक्ष मल्लले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस