डिआइजी सिलवाललाई पक्राउ नगरिएको प्रहरी प्रधान कार्यालयको स्पष्टोक्ति « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

डिआइजी सिलवाललाई पक्राउ नगरिएको प्रहरी प्रधान कार्यालयको स्पष्टोक्ति


प्रशासन संवाददाता

१२ बैशाख २०७४, मंगलबार


काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्याङ्कन फारामको प्रतिलिपि प्राप्तिको स्रोत र वैधानिकता खुलाउने प्रयोजनले गठित छानबिन समितिले सोमबार पत्र दिई सोधपुछका लागि बोलाएको स्पष्ट गरेको छ ।

प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले सोमवार जारी गरिएको विज्ञप्तिमा पत्र दिएपछि सिलवाललाई आफ्ना कानुन व्यवसायी वरिष्ठ अधिवक्ता शम्भु थापासमेतलाई लिई प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागमा आई सोधपुछ गरी सोही दिन साँझ उनको घरमै सकुशल पुर्याइएको उल्लेख छ ।
सो सम्बन्धमा सर्वोच्च अदालतमा मंगलवार  जाहेर गरिसकिएको प्रहरीले जनाएको छ । तर सिलवालले भने आफूलाई प्रहरीले अपहरण शैलीमा पक्राउ गरेको बताएका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस