बाँकेमा आगलागीबाट एकै घरका तीन बालबालिकाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बाँकेमा आगलागीबाट एकै घरका तीन बालबालिकाको मृत्यु


प्रशासन संवाददाता

११ बैशाख २०७४, सोमबार


बाँके । बाँकेको डडुवा गाउँपालिका–१ होलियाको कुडुवागाउँमा भएको आगलागीमा परेर एकै घरका तीनजना बालबालिकाको मृत्यु भएको छ ।

आइतवार मध्यराति स्थानीय दुई छिमेकी दुलारे मुराउ र मुन्सी मुराउको घरमा लागेको आगलागीमा परी तीनजनाको मृत्यु भएको हो । आगोले जलेर घटनास्थलमा मृत्यु हुनेमा मुन्सी मुराउका छ वर्षीय बालक पवन मुराउ, आठ वर्षीय बालिका राधना मुराउ र १० वर्षीया बालिका सोनी मुराउ रहेको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिए ।

दुई छिमेकी घरबाट सुरु भएको आगो सो गाउँका नौ घर र दुईवटा गोठ जलेर करिब १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसकर्मीलगायतको सहयोगमा करिब ५ घन्टामा नियन्त्रणमा लिइएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस