१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिक दलको खिचातानीका कारण लोकतन्त्र अझै ओझेलमाः पूर्व राष्ट्रपति

अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति डा रामवरण यादवले जनआन्दोलनबाट प्राप्त लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने बताएका छन् ।
युवा संसद् नेपालको आयोजनामा सोमवार युवा सार्क क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै पूर्वराष्ट्रपति यादवले ७० वर्षको उपलब्धिबाट आएको लोकतन्त्र राजनीतिक दलको खिचातानीका कारण अझै ओझेलमा परेको भन्दै संस्थागत गर्नुपर्ने बताएका हुन् ।

उनले संविधानप्रति असन्तुष्टि रहेका केही पक्षलाई अहिलेको सरकारले समेट्न खोजेकामा प्रशंसा गरे ।

‘‘प्रधानमन्त्री पुष्पकमल दाहालले असन्तुष्टि पक्षलाई समेट्ने प्रयास गर्नुभएको छ । यो राम्रो काम हो’’, उनले भने–“असन्तुष्टि पक्षको माग सम्बोधन गरेपछि देशले फड्को मार्छ ।” उनले संविधान घोषणा आफ्नै पालामा भएको भन्दै संविधान जारी गर्दा छुटेका समुदायलाई समेटेर निर्वाचनमा जान राजनीतिक दललाई आग्रह गरे । उनले तीनै तहको निर्वाचन गरेर देशमा शान्ति, स्थिरता कायम गर्दै आर्थिक समृद्धि हासिल गर्नुपर्ने धारणा राखे ।

उनले भूकम्पपीडितलाई सरकारले राहत दिन नसकेको भन्दै भूकम्पको क्षेत्रमा एक तिहाइमात्र काम भएकामा दुःखेसो पोखे ।

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले सरकार स्थानीय तहको निर्वाचन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै निर्वाचनपछि देश नयाँ ढङ्गबाट अघि बढ्ने बताए ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी, नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी विन्टे साम्स र नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदलगायतले सार्क क्षेत्रको विकासमा युवाले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै युवालाई पनि सार्कले उचित स्थान दिनुपर्ने बताए ।

बुधबारसम्म चल्ने सम्मेलनमा सार्कका आठ मुलुकका २५ जना युवाले सार्क देशका दिगो विकासका समस्याका बारेमा छलफल गर्ने छन् । रासस

प्रतिक्रिया दिनुहोस