जिप दुर्घटनामा एकको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जिप दुर्घटनामा एकको मृत्यु


प्रशासन संवाददाता

११ बैशाख २०७४, सोमबार


बस दुर्घटना

सोलुखुम्बु । दूधकौसिका गाउँपालिका–८ देउसामा सोमवार बिहान बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । दुर्घटनामा सोताङ गाउँपालिका–५ मसेदाकी विष्णुमाया बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले जनाएको छ ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । दुई महिनाको शिशुसहित घाइते सबैको उद्धार गरी जिल्ला अस्पताल फाप्लु पठाइएको प्रहरीले जनाएको छ । दूधकौसिका गाउँपालिका–८ दिप्लीघाटबाट कटारीका लागि छुटेको बा१२च ३६४७ नंको बोलेरो उकालोमा ब्रेकफेल हुँदा दुर्घटना भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस