डिआइजी नवराज सिलवाल पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

डिआइजी नवराज सिलवाल पक्राउ


प्रशासन संवाददाता

११ बैशाख २०७४, सोमबार


काठमाडौं । नेपाल प्रहरीका डिआइजी नवराज सिलवाललाई प्रहरीले हिरासतमा लिएको छ । वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला सिलवाललाई प्रहरीले हिरासतमा लिएको हो । सिलवालसँगै थापालाई पनि प्रहरीले हिरासतमा लिएको अधिवक्ता टीकाराम भट्टराईले जानकारी दिए ।

आईजीपीले बोलाएको बैठक बहिस्कार गरेपछि प्रहरी हेडक्वाटरले सिलवाललाई स्पष्टीकरण सोधेको थियो ।
साथै कार्यसम्पादन मूल्यांकनको कागजात पेश गर्ने क्रममा कीर्ते गरेकोबारे छानविन गरिरहेको छ । छानविन समितिले बयानमा बोलाउँदा सिलवाल गएका थिएनन् ।

यसैवीच, डिआईजी सिलवाललाई प्रहरीले पक्राउ गरी गैर–कानुनी रुपमा थुनामा राखेको भन्दै उनका तर्फबाट कानुन व्यवसायी पूर्णप्रसाद राजवंशीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षिकरण रिट दायर गरेका छन् ।

रिटमा नेपाल प्रहरीले सिलवाललाई गैर–कानुनी रुपमा हिरासतमा लिएर राखेको दाबी गर्दै रिट उपर आजै छलफलको माग गरिएको छ ।

 

र यो पनि, 

सर्वोच्च अदालतद्वारा सिलवाललाई थुनामुक्त गर्न आदेश

प्रतिक्रिया दिनुहोस