सर्वोच्च अदालतद्वारा सिलवाललाई थुनामुक्त गर्न आदेश « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सर्वोच्च अदालतद्वारा सिलवाललाई थुनामुक्त गर्न आदेश


११ बैशाख २०७४, सोमबार


काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका डिआइजी नवराज सिलवाललाई थुनामुक्त गर्न आदेश दिएको छ ।

न्यायाधीश सुशीला कार्कीको इजलासले सर्वोच्चका रजिष्टार नृपध्वज निरौंलाको रोहबर र वरिष्ठ अधिवक्ता शम्भु थापाको जमानीमा सिलवाललाई थुनामुक्त गर्न आदेश दिएको हो ।

प्रहरीले आज बिहान सिलवाललाई पक्राउ गरी हिरासतमा राखेको थियो । उनलाई सरकारी कागजको कीर्ते गरी दुरुपयोग गरेको आरोप लगाइएको छ ।

 

र यो पनि, 

डिआइजी नवराज सिलवाल पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस