सबै दलको सहभागिताले मात्रै लोकतन्त्र बलियो हुन्छः नेता थापा « प्रशासन
prasaLogo
११ बैशाख २०७४, सोमबार

सबै दलको सहभागिताले मात्रै लोकतन्त्र बलियो हुन्छः नेता थापा


प्रकाशित मिति : 24 April, 2017 6:28 am

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता रामबहादुर थापाले स्थानीय तहको निर्वाचनमा मधेसी मोर्चालाई सहभागी गराउन आफ्नो पार्टीले ठूलो प्रयत्न गरेको बताएका छन् ।

पार्टी निकट जन कलाकार सङ्घले चुनावका लागि तयार गरेको गीति क्यासेट विमोचनका क्रममा उनले जनप्रतिनिधिको अभावमा लामो समयदेखि स्थानीय समस्या समाधान हुन नसकेको अवस्थामा हुन लागेको सो निर्वाचनमा समावेशी प्रतिनिधित्व र सबै दलको सहभागिताले लोकतन्त्रलाई बलियो बनाउने विचार व्यक्त गरे ।

नेता थापाले मुलुकमा सामाजिक एकता र विकास निर्माणमा कलाकारले सशक्त भूमिका निर्वाह गर्न सक्ने बताउँदै देशमा जनताको सङ्घर्षबाट प्राप्त भएको सङ्घीय गणतन्त्रलाई व्यवस्थित गर्न दुई चरणमा भए पनि स्थानीय चुनाव सम्पन्न गरी देशलाई सही मार्गमा लैजान सकिने विश्वास व्यक्त गरे ।

अर्का नेता मणि थापाले कलाकारले मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सिर्जना गर्नुपर्नेमा जोड दिए ।

लेखक विश्वभक्त दुलालले स्थानीय तहको चुनावपछि देशलाई आर्थिक विकास तथा पूर्वाधार निर्माणमा केन्द्रित गर्नुपर्ने बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस