एमाले एकताबद्ध भएर निर्वाचनमा जाने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एमाले एकताबद्ध भएर निर्वाचनमा जाने


प्रशासन संवाददाता

६ बैशाख २०७४, बुधबार


काठमाडौँ । नेकपा एमालेका शीर्षनेताहरुले पार्टी सिङ्गो एकताबद्ध भएर स्थानीय तहको निर्वाचनमा जाने उद्घोष गरेका छन् ।

एमाले सम्पर्क समन्वय कमिटीद्वारा आयोजित केन्द्रीय सम्पर्क भेलामा उनीहरुले पार्टी एक भएर गए मात्र निर्वाचन जित्न सकिने बताउँदै एकताबद्ध भएर निर्वाचनमा जाने बताएका हुन् । सो अवसरमा पार्टीका कावा अध्यक्ष वामदेव गौतमले एक भएर पार्टी निर्वाचनमा लाग्नाको विकल्प छैन भन्दै स्थानीय तहको निर्वाचनपछि देशमा नयाँ युगको थालनी हुने बताए । गौतमले अहिलेको संविधान संशोधन प्रस्तावका एउटा बुँदा पनि पारित गर्न नदिइने बताउँदै देशको स्वतन्त्रता, सार्वभौमसत्ता र अखण्डता जोगाउन पार्टी निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा एमाले वरिष्ठ नेता झलनाथ खनालले निर्वाचनका बेला पार्टी एकताबद्ध भएर लागे निर्वाचन जितिने राखे । “सिङ्गो पार्टी एकताबद्ध भएर लागे मात्र विजय प्राप्त गर्न सकिन्छ”, उनले भने, “त्यसका लागि पार्टीको आन्तरिक एकता हुनुपर्छ ।”
एमाले बरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा रहेका मतभेद हटाई निर्वाचनमा सबै एक भएर लाग्नाको विकल्प नभएको बताए । महासचिव ईश्वर पोखरेलले निर्वाचनमा एमालेविरुद्ध मोर्चाबन्दी भइरहेकाले त्यसप्रति सजग हुनुपर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस