धर्म परिवर्तन निषेध गरिने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

धर्म परिवर्तन निषेध गरिने


५ बैशाख २०७४, मंगलबार


भीमदत्तनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुक धर्मनिरपेक्ष राष्ट्र घोषणापछि धर्म परिवर्तन गराउने काम भइरहेकामा चिन्ता व्यक्त गरेका छन् ।

कञ्चनपुरको भीमदत्तनगरमा सोमवार आयोजित महाकाली अञ्चलस्तरीय चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी विजयी भएका नगर र गाउँपालिकामा धर्म परिवर्तन गराउने कार्य निषेध गरिने बताए ।

उनले यही वैशाख ३१ गते हुने निर्वाचनमा मुलुकको वर्तमान अवस्थालाई समीक्षा गरेर मतदान गर्न आग्रह गर्दै भने–‘निर्वाचन जितेको ठाउँमा मावि तहसम्मको अध्ययन निःशुःल्कदेखि बाल विवाह र बहुविवाहमा समेत प्रतिबन्ध लगाइनेछ ।”

उपप्रधानमन्त्री एवं सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले मुलुक गम्भीर सङ्क्रमणबाट ग्रसित रहेकाले त्यसको निदानका लागि रोगको कारण खोजेर उपचार खोज्नुपर्नेमा जोड दिए ।

सभामा राप्रपाका महामन्त्री जयन्त चन्दले स्थानीय तहको निर्वाचनलाई राप्रपाले आफ्ना माग स्थापित गराउने अवसरमा रुपमा लिएको बताउँदै शान्ति र स्थायित्वका साथै संविधान कार्यान्वयनका लागि पार्टी सरकारमा गएको स्पष्ट गरे । रासस

Tags :
प्रतिक्रिया दिनुहोस