पाँच दिने भारत भ्रमणका लागि राष्ट्रपति भण्डारी नयाँदिल्ली प्रस्थान « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पाँच दिने भारत भ्रमणका लागि राष्ट्रपति भण्डारी नयाँदिल्ली प्रस्थान


प्रशासन संवाददाता

४ बैशाख २०७४, सोमबार


काठमाडौँ । भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका लागि सोमवार नयाँदिल्लीतर्फ प्रस्थान गरेकी छन् ।

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री एवम् संवैधानिक निकायका प्रमुखलगायतले बिदाइ गरे ।

राष्ट्रपतिको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, सांसद, राष्ट्रपति कार्यालयका विज्ञ सल्लाहकार, परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारीलगायतको सहभागिता रहेको छ ।

राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो । राजकीय भ्रमणको पहिलो दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस