२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सल्यानमा २ हजार ६ सय भन्दा बढी बालबालिका विद्यालय बाहिर

अ+ अ-

सल्यान । सल्यानमा चार प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् । सरकारले विद्यार्थी भर्ना अभियानलाई ब्यापक बनाएको भए पनि विपन्न, अनाथ तथा शारीरिक अपाङ्गतालगायतका कारणले दुई हजार ६०० बढी बालबालिका विद्यालय बाहिर रहेका हुन् ।

विद्यार्थी भर्नाका लागि जिल्ला शिक्षा कार्यालय सल्यानले भर्ना अभियान नै चलाएको भए पनि क र ख वर्गका शारीरिक अपाङ्गता भएका बालबालिका विद्यालय भर्ना हुन नसकेको जिल्ला शिक्षा अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । क र ख वर्गका शारीरिक अपाङ्गता भएका विद्यार्थी विद्यालय आउन कठिन हुने र दुर्गममा रहेका विपन्न परिवारका बालबालिका पनि विद्यालय भर्ना नहुने भएकाले पनि उनीहरु शिक्षाबाट वञ्चित हुन पुगेका छन् ।
जिल्लाभित्रका सबै बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर यस वर्ष जिल्ला शिक्षा कार्यालय सल्यानले भर्ना अभियानलाई विशेष जोड दिएको सुवेदीले जानकारी दिए । पाठ्यपुस्तक समयमा नपाउँदा पनि विद्यार्थी विद्यालय नआउने गरेका छन् ।
सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउनका लागि उनीहरुको अवस्थाका आधारमा कार्यक्रम तय गरिने जिल्ला शिक्षा अधिकारी सुवेदीले जानकारी दिए । विद्यालयले समयमै पाठ्यपुस्तक उपलब्ध नगराएर विद्यार्थी भर्ना हुन नआए त्यस्ता विद्यालयका प्रअलाई कानुनअनुसार कारबाही गरिने उनले बताए ।

सल्यानमा १ देखि ५ कक्षासम्म ३६ हजार ९७, कक्षा ६ देखि ८ सम्म १९ हजार ४५६, कक्षा ९ र १० मा ११ हजार २९१ गरी जम्मा ६६ हजार ८४४ विद्यार्थी विद्यालयको पहुँचभित्र रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस