राष्ट्रपतिद्वारा पूर्वप्रधानमन्त्री तथा दलका नेतासँग परामर्श « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपतिद्वारा पूर्वप्रधानमन्त्री तथा दलका नेतासँग परामर्श


४ बैशाख २०७४, सोमबार


काठमाडौँ । आसन्न मित्रराष्ट्र भारतको राजकीय भ्रमणका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार पूर्वप्रधानमन्त्री तथा दलका नेतासँग परामर्श गरी सुझाव लिएकी छन् ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा भएको छलफलमा उनले पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र डा. बाबुराम भट्टराईसँग परामर्श गरी सुझाव लिएकी हुन् ।

यसैगरी नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतम, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष विजय गच्छदार, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसँग पनि राष्ट्रपति भण्डारीले सुझाव लिएकी हुन् ।

सो अवसरमा उनीहरुले राष्ट्रपतिको भारत भ्रमणले नेपाल–भारतबीचको एतिहासिक सम्बन्ध अझ सुमधुर बन्ने विश्वास व्यक्त गरे । रासस

Tags :
प्रतिक्रिया दिनुहोस