Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मुलुकको विकासका लागि दल एकताबद्ध हुनुपर्छ– सभामुख


३ बैशाख २०७४, आइतबार


काठमाडौँ । सभामुख ओनसरी घर्तीले मुलुकको विकास र समृद्धिका लागि एबताबद्ध भएर अगाडि बढ्न दलहरुलाई आग्रह गरेकि छिन् ।

नेपाल सद्भावना पार्टीको २८ औँ स्थापना दिवस, गजेन्द्र जयन्ती तथा पार्टी महासमिति उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले भनिन्– ‘आगामी माघ ७ गते भित्र तीन वटै तहको निर्वाचन सम्पन्न गर्नका लागि दलहरु मिलेर अघि बढ्नुको विकल्प छैन् ।’

सभामुख घर्तीले संविधान जारी भइसकेको सन्दर्भमा त्यसको कार्यान्वयनसँगै मुलुकको आर्थिक विकासका लागि दलहरु एकताबद्ध भएर अगाडि बढाउनुपर्नेमा जोड दिदैं व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर मुलुकका बारेमा सोच्नसमेत आग्रह गरिन् ।

नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा भाग लिन सबै राजनीतिक दललाई आग्रह गरे ।

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसवादी दलले उठाएका मागलाई सरकारले सम्बोधन नगरेसम्म स्थानीय तहको निर्वाचनमा सहभागी नहुने बताए ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनका नाममा मधेसवादी दलमाथि षड्यन्त्र गरिएको आरोप लगाए ।

तराई–मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठी र मधेसी जनाधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवलगायतले अधिकारका लागि मधेसवादी दल एकीकृत हुनुपर्ने आवश्यकता औँल्याए ।

सो अवसरमा अवसरमा विभिन्न देशका राजनीतिक दलका प्रतिनिधिले शुभकामना व्यक्त गरेका थिए । महासमिति बैठक यही ५ गतेसम्म हुनेछ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस