१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान कार्यान्वयनसँगै राष्ट्रिय समृद्धि र विकासः मन्त्री महत

अ+ अ-

पोखरा । परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले संविधानको कार्यान्वयन र राष्ट्रिय समृद्धिका लागि यस वर्ष तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन् ।

नेपाली काँग्रेस स्याङ्जा–पोखरा सम्पर्क समाजद्वारा सनिवार पोखरामा आयोजित कार्यकर्ता भेला तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले नेपाली जनताको लामो समयको उपलब्धिस्वरुप प्राप्त संविधानलाई कार्यान्वयन गर्नु राज्यको प्रमुख आवश्यकता भएको बताए ।

मन्त्री महतले वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउनका लागि आन्तरिक मनमुटाव त्यागेर सङ्गठित भएर लाग्न कार्यकर्तालाई आग्रह गरे । मधेसी जनतासँग जोडिएका माग पूरा गर्नका लागि सरकारले नयाँ संशोधन प्रस्ताव ल्याएको उनले बताए ।

“समाज विभाजनले मुलुकलाई कमजोर बनाउँछ, नयाँ प्रस्तावका विषयमा मधेसी मार्चा पनि गम्भीर भएर सोच्नुपर्ने हुन्छ,” मन्त्री महतले भने ।

सांसदद्वय कमल पङ्गेनी र राजु थापाले मुलुकको समग्र विकासका लागि स्थानीय तहको निर्वाचन आवश्यक भएकाले सम्पूर्ण कार्यकर्ता एकजुट भएर निर्वाचनमा लाग्नुपर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस