Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

म्यानपावर कम्पनीको दर्ता रोक्न संसदीय समितिको निर्देशन


प्रशासन संवाददाता

३१ चैत्र २०७३, बिहिबार


काठमाडौँ । चालु आर्थिक बर्ष २०७३/७४ को अहिलेसम्ममा एक सय ११ नयाँ मेनपावर कम्पनी दर्ता भएका छन् ।

विसं २०६८ मा तत्कालीन डा बाबुराम भट्टराई नेतृत्वको सरकारले अनुगमनका लागि जनशक्तिको अभाव रहेको भन्दै नयाँ मेनपावर कम्पनी दर्तामा रोक लगाएको थियो । तर सर्वोच्च अदालतले रोक फुकुवा गर्न आदेश दिएपछि नयाँ मेनपावर कम्पनी थपिएका हुन् ।

श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले सर्वोच्च अदालतले नयाँ मेनपावर दर्ता गर्न आदेश दिएको र आफूहरुले रोक्न खोज्दा सर्र्वोच्चविरुद्ध मानहानिको मुद्दा हालिएको जानकारी दिए ।

यसअघि नै सात सय ४४ पुराना मेनपावर कम्पनी रहेकामा त्यसमा एक सय ११ थपिएको र अझै केहीले नयाँ दर्ता गराउन वैदेशिक रोजगार विभाग धाइरहेका छन् । नयाँ मेनपावर दर्ता गर्ने र बेच्ने परिपाटीको विकास भइरहेको उनले बताए ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बिहीवारको बैठकले नयाँ मेनपावर खोल्न अदालतको दिएको फैसलाको हकमा त्यसलाई कार्यान्वयन गर्न र आदेश मात्रै दिएको हकमा सर्वोचमा पुनरावलोकनका लागि निवेदन दर्ता गराउन सरकारलाई निर्देशन दिएको छ ।

वैदेशिक रोजगारीसम्बन्धी ठगी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिँदै हालसम्म भएको उजुरी र कारबाहीको विवरण तीन महिनाभित्र पठाउन निर्देशन दिएको छ । समितिको बैठकमा सांसदले धरौटी रकम कम भएकै कारण मेनपावर दर्ता गर्न आउनेको सङ्ख्या बढेको हो । एउटा मेनपावर दर्ताका लागि पाँच करोड धरौटी राख्नुपर्ने माग सांसदले गरेका छन् । हाल धरौटी रकम ३० लाख मात्रै छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस