घुससहित सहायक प्रशासक पक्राउ « प्रशासन
Logo ३० आश्विन २०७८, शनिबार
   

घुससहित सहायक प्रशासक पक्राउ


प्रशासन संवाददाता

२९ चैत्र २०७३, मंगलबार


काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन बागेश्वरी–४ भक्तपुरस्थित गुठीको जग्गा मोही नामसारी गर्ने क्रममा ५० हजार घुस लिँदै गरेका अवस्थामा गुठी संस्थान भक्तपुरका सहायक प्रशासक छत्रबहादुर पौडेललाई पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार सहायक प्रशासक पौडेलले घुस मागिरहेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले मंगलवार उनकै कार्यकक्षबाट पक्राउ गरेको हो ।

आयोगले मंगलवारै सहायक प्रशासक पौडेललाई हदैसम्मको कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दासमेत दायर गरेको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस