Logo १ माघ २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

डीपीएल क्रिकेटमा काठमाडौँ गोल्डेन्स विजयी


प्रशासन संवाददाता

२९ चैत्र २०७३, मंगलबार


धनगढी। धनगढीमा जारी धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलवार भएको दोस्रो खेलमा काठमाडौं गोल्डेन्स विजयी भएको छ ।

दोस्रो खेलमा पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन बनायो । भुवन कार्कीको विष्फोटक अविजित ३६ रनको सहयोगमा टोलीले सम्मानजनक रन बनाएको हो ।

काठमाडौँका लागि सुवेन्दु पाण्डेले १९, कप्तान वसन्त रेग्मीले १४, नरेश बुढायरले १० र मञ्जीत श्रेष्ठले १६ रन जोडे भने सन्दीप झोरा १३ रनमा अविजित रहे । कञ्चनपुरका अभिनाश कर्णले ३ विकेट लिए । १४८ रनको लक्ष्य पछ्याएको कञ्चनपुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२३ रनमा समेटियो ।

सुरुआत राम्रो गरे पनि कञ्चनपुरका मध्य र पुछारका ब्याट्सम्यानले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । ओपनर सागर पुनले ४० र सुनील धमलाले १४ रन बनाएर सुरुआत राम्रो गरे पनि त्यसपछिका आशा गरिएका खेलाडीले रन बटुल्न सकेनन् । हसिम अन्सारीले १८ रन र अभिनाश कर्णले अविजित १३ रन जोड्नुबाहेक अन्यले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

काठमाडौँलाई जिताउन वसन्त रेग्मी र सन्तोष भट्टले २/२ विकेट लिए । मञ्जीत श्रेष्ठ र सन्दीप श्रेष्ठले १/१ विकेट लिए । प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो खेलमा सिवाइसी अत्तरिया र रुपन्देही च्यालेन्र्जस तथा दोस्रो खेलमा विराटनगर किङ्स र काठमाडौँ गोल्डेन्सबीचमा प्रतिस्पर्धा हुनेछ ।

 

र यो पनि,

इतिहासको रचना यिनै सुवास र युवाहरुको पौरखमा कुँदिदै छ, चम्किदैछ निरन्तर निरन्तर….

तस्विरमा डिपीएल

डीपीएलमा सिवाईसी अत्तरीयाको विजयी सुरुवात

रुपन्देही च्यालेन्जर्सद्धारा कञ्चनपुर आइकोनिक १४ रनले पराजित

डीपीएल क्रिकेटमा रुपन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डेन्सको लगातार दोस्रो जित

प्रतिक्रिया दिनुहोस