१३ चैत्र २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीले मात्रै परिवर्तन संस्थागत गर्न सक्छः प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी नेतृत्वमा जनताले रगत र पसिना बगाएर प्राप्त गरेका परिवर्तनका एजेण्डा माओवादी केन्द्रले मात्रै संस्थागत गर्न सक्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्र ललितपुर महानगरपालिकाको प्रथम एकता अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । उनले माओवादी केन्द्र मुद्दै मुद्दा भएको पार्टी हो भन्दै जनताको मुद्दा कार्यान्वयनका लागि यो पार्टीले चुनावमा जित्नुपर्ने बताएका छन् । उनले संघीयता, गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षता, समावेशीता, मधेस, दलित जनजाति लगायतलाई राज्यको मूल प्रवाहमा ल्याउने काम माओवादीले गरेको बताउँदै अब यसलाई कार्यान्वयन गराउन पनि माओवादीले जित्नुपर्ने कुरामा जोड दिए । प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचनमार्फत् सिंहदरबारमा रहेको सत्तालाई गाँउ–गाँउ पुर्याउने काम माओवादी केन्द्रको एजेण्डाकै कारण सम्भव भएको बताए ।

स्थानीय तहको निर्वाचन आफ्नो सरकारको कारण सफल भएको बताउँदै प्रधानमन्त्रीले माओवादीले जितेन भने प्राप्त उपलब्धीहरु गुम्नसक्ने आशंक व्यक्त गरे ।

प्रधानमन्त्रीले आफू प्रधानमन्त्री भए पछि आर्थिक बृद्धिदर ६ प्रतिशत नाघेको, देशभर मूल्यबृद्धि घटेको तथा लोडसेडिङ अन्त्य भएको बताए ।

प्रधानमन्त्रीले आफूले धेरै राम्रा काम गरे पनि प्रचार गर्न नसकेको स्वीकार गर्दै तर जनताले सही कुरा बुझ्दै गएको बताए । प्रधानमन्त्रीले आफूले जनताको सेवा, देशको विकास र सम्बृद्धिभन्दा अन्य केही नसोचेको बताउँदै इच्छाशक्ति हुने हो भने छिट्टै देशको मुहार फेर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस