Logo २ माघ २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सरकारको नयाँ प्रस्तावबारे परामर्श गरिएको छैनः एमाले


२९ चैत्र २०७३, मंगलबार


काठमाडौँ । नेकपा (एमाले)को सोमवार बसेको स्थायी कमिटी बैठकले संविधान संशोधनमा सरकारले ल्याउन लागेको नयाँ प्रस्तावबारे आफूहरुसँग कुनै परामर्श नगरिएकाले त्यसलाई समर्थन नगर्ने निर्णय गरेको छ ।

पार्टीका कार्यवाहक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा सम्पन्न बैठकले स्थानीय तह निर्वाचन र संविधानविपरीत एवम् राष्ट्रिय हित र सामाजिक सद्भावमा प्रतिकूल असर पर्ने कुनै पनि प्रस्ताव आफ्नो पार्टीलाई मान्य नहुने निर्णय गरेको पार्टीका प्रचार एवं प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि संसद्मा प्रस्तुत भएको संविधान संशोधन विधेयक फिर्ता लिई प्रमुख प्रतिपक्षी एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सहमत हुने गरी नयाँ संशोधन प्रस्ताव प्रस्तुत गर्ने सार्वजनिक अभिव्यक्ति दिनुभएकामा एमाले बैठकले सरकारले भनेजस्तो आफ्नो पार्टीसँग कुनै सहमति नभएको स्पष्ट गरेको छ ।

बैठकले एमालेको काठमाडौँ जिल्ला कमिटीमा उत्पन्न विवाद मिलाउन कार्यवाहक अध्यक्ष गौतमको संयोजकत्वमा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र महासचिव ईश्वर पोखरेल रहेको कार्यदललाई जिम्मेवारी दिएको छ । स्थानीय निर्वाचनको तयारीलगायत विषयमा छलफल गर्न आउँदो वैशाख ३ गते एमालेको केन्द्रीय कमिटीको बैठक बस्दैछ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस