Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पौने चार क्विन्टल बोइलर कुखुरासहित ६ पक्राउ


प्रशासन संवाददाता

२७ चैत्र २०७३, आइतबार


बर्दिया । बर्दियामा भारतबाट भन्सार छली अवैध रुपमा ल्याइएको करिब पौने चार क्विन्टल बोइलर कुखुरासहित छ जना युवा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको विशेष टोलीले बढैयाताल गाउँपालिका सीतापुर चोकबाट शनिबार तीन क्विन्टल ७० किलो बोइलर कुखुरासहित उनीहरुलाई पक्राउ गरेको हो ।

भारतबाट भन्सार छली अवैधरुपमा कुखुरा ल्याउँदै गरेको अवस्थामा बाँके बनकटुवा–९ बस्ने १७ वर्षीय टेकराज पोखरेल, १८ वर्षीय कृष्ण बुढाक्षेत्री, २४ वर्षीय सुरेश सिंह, १४ वर्षीय विवन थापामगर, २१ वर्षीय जयसिङ ठकुरी र १६ वर्षीय मनिस पुनमगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बोइलर कुखुरा र तीनवटा मोटरसाइकलसहित पक्राउ परेका सबै जनालाई आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाइन गुलरियामा पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस