गजल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गजल


२६ चैत्र २०७३, शनिबार


घन्काउ नारा मेची–काली एकताको गीत
हिमाल, पहाड, तराइ मिली गरौं देशको हित

पूर्खाले आर्जेको भूमिमा किन केका लागि लडाइँ
यहाँ न तिम्रो न मेरो अब देशको हुनुपर्छ जित

यसले यस्तो भन्यो अनि हामी बाझियौ नभनौ
बिस्तारबाद कहिले हुन सक्दैन है जानौ मित

आफू बलियो बनौं अरुले हेप्यो भन्दै चुप नलागौं
आफ्नो दाउ माथि पार्न खोज्छनु संसारकै रित

भर परी जो सुकैको ताला चाबी नसुम्पिउ है
साधुको भेष भित्र कतै कालो मुकुट थियो कि त

Tags :
प्रतिक्रिया दिनुहोस