Logo २८ कार्तिक २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

खडेरीले घैँटा सुकेपछि खानेपानीको हाहाकार


प्रशासन संवाददाता

२५ चैत्र २०७३, शुक्रबार


पर्वत । लामो समयको खडेरीका कारण वर्षात्मा घैँटामा सङ्कलन गरिएको पानी सुकेपछि यहाँको एक विकट गाउँमा खानेपानीको हाहाकार परेको छ ।

नजिकमा खानेपानीको कुनै स्रोत नहुँदा काकाकुलको नियति भोगिरहेका दक्षिण पर्वतको पैयुँ गाउँपालिका–६ उरामपोखरास्थित भतेरपाटावासी घैँटामा पानी सकिएपछि झनै समस्यामा परेका छन् । उनीहरुले विगत एक दशकदेखि घैँटाको पानीको भरमा गुजारा चलाउँदै आएका थिए ।

वर्षात्को समयमा सङ्कलन गरेर राखेको पानी पिउन बाध्य उनीहरु त्यही पानी पनि सुकेपछि बस्ती नै सार्नुपर्ने अवस्थामा छन् । एक दशकअघि फिनिडा र नेवा नामक संस्थाले गाउँका ७० घरमा खानेपानी सङ्कलन गर्ने घैँटा निर्माण गरिदिएपछि स्थानीय बासिन्दालाई राहत मिलेको थियो । वर्षात्को समयमा गाउँ नजिकै मूल उठ्ने भएकाले पानीको समस्या नहुने भए पनि हिउँदको समयमा दुई घन्टा टाढा रहेको कुवामा गएर पानी पिउन बाध्य छन् ।

“खानेपानी नहुँदा पानीकै लागि दुई घन्टा टाढा जानुपर्ने समस्या छ पानीको जोहो गर्दैमा दिन बित्छ अन्य काम गर्न भ्याइँदैन भुसालले गुनासो गरे ।

पानी नपर्दा बर्खायाममा सङ्कलन गरेको पानी सकिएपछि खानेपानीको समस्या भएको स्थानीय रामचन्द्र भुसालले बताए । “खानेपानी नहुँदा पानीकै लागि दुई घन्टा टाढा जानुपर्ने समस्या छ पानीको जोहो गर्दैमा दिन बित्छ अन्य काम गर्न भ्याइँदैन भुसालले गुनासो गरे ।

संस्थाले जस्ताको छाना भएको घरमा छ हजार लिटर बराबर र खरको छाना भएको घरमा चार हजार लिटर बराबरका घैँटा निर्माण गरिदिएको थियो ।
गाउँमा खानेपानी योजना निर्माण गरिदिन पटक पटक विभिन्न संस्थामा अनुरोध गरे पनि कुनै सुनुवाइ भएन केही वर्षअघिसम्म भोक्सिङदेखि ल्याएको खानेपानी योजना मर्मतसम्भारको नहुँदा जीर्ण बनेपछि गाउँलेले पानीको समस्या भोग्नुपरेको अर्का स्थानीयवासी नरबहादुर थापाले बताए ।

बस्तीभन्दा केही तल सानासाना मूल र खोला भएकाले लिफ्टिङ सिस्टमबाट पानी ल्याउन विभिन्न निकायसँग मागसमेत गरेपनि अझसम्म सुनुवाई भएको छैन ।

सदरमुकामदेखि टाढाको दूरीमा रहेको गाविस भएकाले जिल्लाले समेत उचित ध्यान नदिएको स्थानीयवासीको गुनासो छ । वर्षौंदेखि खानेपानीको अभाव खेप्दै आए पनि कुनै निकायले चासो नदेखाएको स्थानीयवासी लालश्री थापाले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस