Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मकवानपुरगढीमा ४० करोडको गुरुयोजना


प्रशासन संवाददाता

२४ चैत्र २०७३, बिहिबार


हेटौँडा। ऐतिहासिक तथा पुरातात्विक महत्वको मकवानपुरगढी दरबार जीर्ण भएपछि ४० करोडको लागतमा पुनःनिर्माण गर्ने गुरुयोजना तयार गरिएको छ ।

नेपालको एकीकरणका क्रममा महत्वपूर्ण योगदान गरेको मकवानपुरगढी ऐतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । विसं १२५८ मा सेनवंशी राजाको शासनकालमा निर्माण गरिएको मकवानपुरगढीमा तामाङ र मगरको संस्कृति झल्कने सङ्ग्रहालयसमेत राखिने भएको छ ।

बहुवर्षीय योजना सञ्चालन गरी विकास गर्न लागिएको मकवानपुरगढी हेटौँडाको मुख्यचोकबाट १७ किलोमिटर पूर्वमा रहेको छ । तत्कालिन राजा महेन्द्रले आफैँले जिप हाँकेर २०१६ सालमा उद्घाटन गरेको कान्तिराजपथसँग जोडिएको मकवानपुरगढीमा रहेका दरबार तथा अन्य संरचना जीर्ण भएका छन् ।

तत्कालिन राजा महेन्द्रले आफैँले जिप हाँकेर २०१६ सालमा उद्घाटन गरेको कान्तिराजपथसँग जोडिएको मकवानपुरगढीमा रहेका दरबार तथा अन्य संरचना जीर्ण भएका छन् ।

मकवानपुरगढी पर्यटन विकास समन्वय समितिका सचिव केदारप्रसाद न्यौपानेका अनुसार मकवानपुरगढीको नक्सा तयार पारेर पुरातत्व विभागलाई बुझाइसकेको छ । पुरानो संरचनामा परिवर्तन नआउने गरी दुईवटा दरबार, किल्ला, सङ्ग्रहालय, मन्दिर, होटेल, भ्युटावर, वनभोज स्थल, बगैँचा, मुलढोका निर्माण गरिने छ ।

गुरुयोजनामा १२ करोड ९४ लाखमा किल्ला, रु आठ करोड १० लाखमा दरबार, ४५ लाखमा सङ्ग्रहालय, ८० लाखमा बगैँचा निर्माण गर्न प्रस्ताव गरिएको छ । त्यस्तै ८१ लाखमा छवटा वनजोज स्थल, एक करोडमा खानेपानी व्यवस्थापन गर्ने र एक करोड ६८ लाखमा वंशीगोपाल, सिद्धेश्वर महादेव र गणेशको मन्दिर निर्माण गरिने भएको छ । गढी दरबारको मूलढोका निर्माणमा २८ लाख खर्च गर्ने गुरुयोजना तयार गरिएको छ ।

समितिले तीन वर्षअघि छलफल अघि बढाएर गुरुयोजना तयार गरेको हो । मकवानपुरमा तामाङ बाहुल्यता रहेकाले तामाङ जातिको ऐतिहासिक संस्कृति झल्कने सामग्री सङ्ग्रहालयमा राखिने प्रस्ताव गरिएको छ । गढी सङ्ग्रहालयमा देशभरका गढीको इतिहास, फोटो र पुरातात्विक वस्तु राखिने गुरुयोजनामा उल्लेख छ ।

गढी दरबार, किल्ला र मूलढोका निर्माण गर्दा ऐतिहासिक स्वरुप र संरचना नमेटिने किसिमले निर्माण गरिने छ । समुद्री सतहबाट एक हजार १९ मिटर उचाइमा रहेको मकवानपुरगढीमा रहेको तोपलगायतका सामग्री द्वन्द्वकालमा हराएको थियो । गढीबाट दृश्यावलोकन गर्न भ्यूटावर निर्माण गरिने छ ।

राघवनरेन्द्र सेन, हरिहरइन्द्र सेन, शुभ सेन, माणिक सेन हुँदै हेमकर्ण सेनको पालामा आएर गोरखाका राजा पृथ्वीनारायण शाहसँग सम्बन्ध गाँसिएको इतिहासमा उल्लेख छ ।

मकवानपुर राज्यको विसं १६१० मा राजधानी मकवानपुरगढीमा स्थापना गरिएको थियो । सेन राजाको थलोको निशाना मेट्ने कार्य भने विसं १८१९ मा भएको थियो । गढी दरबारमा रहेको शिलालेखमा मकवानपुर राज्यको बारेमा सबै कुरा समेटिएको छ । मकवानपुर राज्यको पहिलो राजा लुहाङ सेन थिए । राघवनरेन्द्र सेन, हरिहरइन्द्र सेन, शुभ सेन, माणिक सेन हुँदै हेमकर्ण सेनको पालामा आएर गोरखाका राजा पृथ्वीनारायण शाहसँग सम्बन्ध गाँसिएको इतिहासमा उल्लेख छ ।

हेमकर्ण सेनले आफ्नो छोरी गोर्खाका राजा पृथ्वीनारायण शाहसँग विवाह गराइदिएका थिए । मकवानपुरे सेन वंशका अन्तिम राजा दिग्वन्धन सेन थिए । लडाइँमा केहरसिंह बस्नेत र वंशराज पाण्डेको नेतृत्वमा युद्ध हुँदा विसं १८१९ भदौ ९ गते शनिबार गोर्खाली फौजका एकसय जना र चार सय मकवानपुरे सिपाहीले वीरगति प्राप्त गरेको यहाँ रहेको शिलालेखमा उल्लेख छ ।

पराजित भएर मकवानपुरे राजा दिग्वन्धन सेन, उनका परिवार र उनका मन्त्री कनकसिंह बानियासमेत भाग्ने क्रममा हेटौँडाबाट ठोरी पुगेका थिए । मकवानपुरगढी किल्लाकै कारण १२औँ शताब्दीमा सो ठाउँको नाम मकवानपुर रहन गएको किंवदन्ती पाइन्छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस