Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

रासायनिक आक्रमणमा असद जिम्मेवार रहेका टर्कीको दावी


प्रशासन संवाददाता

२४ चैत्र २०७३, बिहिबार


इस्तानबुल(एजेन्सी) । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले मङ्गलबार सिरियामा भएको शङ्कास्पद रासायनिक हतियार आक्रमणमा सिरियाली सरकारको हात रहेको बताएका छन् ।

एर्डोगानले सिरियाली राष्ट्रपति बसर अल असदलाई ‘हत्यारा’ भएको दाबी गर्दै रासायनिक हतियारबाट मृत्यु हुने बालबालिका, महिलासहित अन्य सर्वसाधारण रहेको बताए

असदलाई चुनौती दिँदै एर्डोगानले भने, ‘ए हत्यारा असद’ निर्दोष नागरिकको श्रापबाट तिमी कसरी उम्कन सक्छौँ, एर्डोगानले रासायनिक हतियारका कारण एक सय जनाभन्दा बढीले साहदत प्राप्त गरेकोसमेत दाबी गरे ।

मङ्गलबार सिरियाको इदलिबमा भएको भनिएको विषाक्त ग्यास आक्रमणमा दर्जनौँ सिरियाली सर्वसाधारणको मृत्यु भएको भन्दै तत्काल संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठक आह्वान गरी यस विषयमा छलफल गर्न फ्रान्सले मङ्गलबार आग्रह गरेको थियो ।

इदलिब सिरियाली विद्रोहीको प्रभाव क्षेत्र हो । मङ्गलबार बिहान इदलिबको एउटा बस्ती नजिकै रासायनिक हतियार आक्रमण भएको र सो घटनामा ११ बालबालिकासहित ५८ जनाको मृत्यु भएको सिरियाली मानवअधिकारवादी संस्थाले जनाएको थियो । उक्त संस्थाले घटनामा सत्तापक्षको सेनाको हात रहेको आशङ्का गरेको थियो ।

प्रतिक्रिया दिनुहोस