Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

देशको पूर्वी क्षेत्र धार्मिक र पर्यटकीय भण्डारः राष्ट्रपति


प्रशासन संवाददाता

२३ चैत्र २०७३, बुधबार


इटहरी। राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वी नेपाल धार्मिक तथा पर्यटकीय प्रचुर सम्भावना भएको र अन्न भण्डारको क्षेत्र भएकोले देशलाई समृद्ध बनाउन यहाँका सम्पदाको अधिकतम सदुपयोग गर्नुपर्ने बताएकी छन् ।
बुधवार सुनसरीको धार्मिक तीर्थस्थल कुम्भ नगरी चतरामा रहेको रामानन्दचार्य सेवापीठ परिसरमा आयोजना गरिएको बृहत्तर बराहक्षेत्र विकास गुरुयोजना तथा प्रस्तावित योगमाया आयुर्वेद विश्वविद्यालयसम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपतिले सो कुरा बताएकी हुन् । ।

राष्ट्रपति भण्डारीले विश्व रामसार सूचीमा संरक्षित कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेका दुर्लभ जङ्गली जीवजन्तु चराचुरुङ्गी तथा अन्य विभिन्न दुर्लभ बस्तुको भण्डारसँगै पूर्वी नेपालको कञ्चनजङ्गा जस्तो हिमशृङ्खला एवम् महत्वपूर्ण जडीबुटीको भण्डारसमेतले पूर्वी नेपाल प्राकृतिक सम्पदाले पनि ज्यादै स्रोत सम्पन्न भएकाले यसलाई सम्बन्धित सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्ने बताइन् ।

उनले बराहक्षेत्र पीण्डेश्वर विष्णुपादुका रामधुनीजस्ता अत्यन्तै पौराणिक र नेपालीको आस्थाको धार्मिक पावन क्षेत्रसमेत रहेकाले यसलाई आफ्नो जीवन प्रणालीसँग जोडेर हेर्न सकियो भने अपार सफलता प्राप्त गर्न सकिने बताइन् ।

राष्ट्रपति भण्डारीले लाखौँ मानिसको पीडा बनेको कोसी नदी आसपासका पीडाबाट पिल्सिएकालाई मल्हमपट्टि लगाउनमात्र सकियो भने पनि न्याय मिल्नेमा आफू ज्यादै सम्वेदनशील रहेको बताइन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस