दिपायलको पिपल्ला बजारमा भीषण आगलागी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दिपायलको पिपल्ला बजारमा भीषण आगलागी


२० चैत्र २०७३, आइतबार


दिपायल । दिपायलको पिपल्ला बजारमा आइतबार भिषण आगलागी भएको छ । आज दिउँसो भएको आगलागी अझै पनि नियन्त्रण लिन सकिएको छैन् ।

जेबी आयल स्टोरबाट सल्केको आगोले राष्ट्रिय वाणिज्य बैंक र अन्य पाँच भन्दा बढी पसलमा क्षति पुर्याएको बिवरण प्राप्त भएको छ ।

नेपाली सेना, प्रहरी तथा स्थानीयहरूले आगोलाई निभाउने प्रयास गरिरहेका छन् । दमकल अभावले अगो नियन्त्रणमा लिन कठिनाइ भएको जनाइएको छ । दिपायल सिलगढी नगरपालिकाको दमकल बिग्रेको कारण आगो निभाउन गाह्रो परेको हो ।

आगो निभाउनका डँडेलधुराबाट दमकल मगाइए पनि दमकल आउन समयले लाग्ने भए पछि समस्या थपिएको बताइएको छ । मानवीय र अन्य क्षतिको बिबरण भने आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस