Logo २८ कार्तिक २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नेपाली काग्रेसद्वारा घोषणापत्र तयारी समितिलाई पूर्णता


प्रशासन संवाददाता

१९ चैत्र २०७३, शनिबार


काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिलाई शनिवार पूर्णता दिइएको छ ।

केन्द्रीय कार्यसमितिको गत आइतबारको बैठकको निर्णयानुसार गठित उक्त समितिलाई ३५ सदस्यीय बनाएर पूर्णता दिएको हो । घोषणापत्रलाई अन्तिम रुप दिन समितिले केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यसँग परामर्श गर्नुका साथै पार्टीबाट मन्त्रिपरिषद्मा सदस्य रहेका सबै मन्त्री घोषणापत्र तयारी समितिका आमन्त्रित सदस्यका रुपमा रहने उक्त पार्टीले जनाएको छ ।

समितिले पार्टीका सांसद र संसदीय दलसँग परामर्श गर्ने कार्यविधि अवलम्बन गर्ने तथा सबै भ्रातृ एवम् शुभेच्छुक संस्थाका सभापति÷अध्यक्षलाई छलफलमा आमन्त्रण गर्ने, पार्टीका विभिन्न तह÷निकायबाट सुझाव आह्वान गर्नेछ । त्यसैगरी समितिले पार्टी निकटका बुद्धिजीवी प्रबुद्ध वर्गसँग विषयगत परामर्श गर्ने जनाएको छ ।

उक्त समितिका सदस्यमा रामशरण महत, फरमूल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, नारायण प्रकाश साउद, डा शेखर कोइराला, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्बे, आनन्दप्रसाद ढुङ्गाना, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, प्रदीप पौडेल, विश्वप्रकाश शर्मालगायत छन् ।

प्रतिक्रिया दिनुहोस