खुल्ला किताब « प्रशासन
Logo २२ जेष्ठ २०८०, सोमबार
   

खुल्ला किताब


१९ चैत्र २०७३, शनिबार


मेरो जिन्दगीको खुल्ला किताब हौं तिमी
मेरो जिन्दगीको लक्ष हांै तिमी
मेरो लागि तिमी एउटा गुलाफको फूल हौं
जो सधै बासना दिइरहन्छ
तिमीले हाँसेर म तिर हेरिदिंदा
मलाई लाग्छ मैले संसार कै सबैभन्दा ठुलो खुसी पाए
तिम्रो प्रेममा यसरी डुबेको छु कि
मलाई दिन के हो र रात के हो थाहा नै छैन
मेरो लागि खास हौ तिमी

मेरो जिन्दगीको आशाको किरण हौ तिमी
मेरो लागि प्रेमको मुर्ति हौ तिमी
चन्द्रमा भन्दा पनि सितलताको कृति हौ
जब जब तिम्रो तस्बिर हेर्छु
मलाई झनै तिमीसँगको प्रेम बढ्छ
किनकि, तिमी मेरो जिन्दगीको
खुल्ला किताब हौ ।

प्रतिक्रिया दिनुहोस