Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

संविधान कार्यान्वयनका लागि स्थानीय निर्वाचन– नेता खनाल


१६ चैत्र २०७३, बुधबार


बर्दिवास । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान कार्यान्वयनका लागि निर्वाचन सम्पन्न गर्नु अहिलेको मुख्य कार्यभार रहेको बताएका छन् ।

बुधबार महोत्तरीको बर्दिवासमा नेकपा (एमाले) प्रदेश नम्बर २ द्वारा आयोजित भेलाको उद्घाटन गर्दै पूर्व प्रधामन्त्रीसमेत रहनुभएका नेता खनालले सफल निर्वाचनले मात्र लोकतान्त्रिक संविधानलाई संस्थागत र सुदृढ बनाउने विचार व्यक्त गरेका हुन् ।

वरिष्ठ नेता खनालले अहिले संविधान संशोधन नभई संविधान कार्यान्वयनको आवश्यकता रहेको बताए ।

अर्का नेता माधवकुमार नेपालले मधेसी मोर्चाले आफ्नो दलका शान्तिपूर्ण कार्यक्रमलाई बिथोल्ने, जनधनको क्षति गराउने फाशिष्ट शैली अप्नाएका र सत्तासाझेदार काँग्रेस र नेकपा माओवादी केन्द्र त्यसको साक्षी बस्ने गरेको आरोप लगाए ।

महासचिव ईश्वर पोखरेलले अब आफ्नो दल मोर्चाको निषेधबिरुद्ध शान्तिपूर्ण गतिविधि लिएर जनताबीच जाने बताए ।

बुधबार सुरु भएको भेला बिहीबार समापन गर्ने हुने प्रदेश नंं. २ का सहसंयोजक नागेन्द्र चौधरीले जानकारी दिए । भेलामा आठ जिल्लाका दुई हजार अगुवा नेता कार्यकर्ता सहभागी छन् । रासस

प्रतिक्रिया दिनुहोस