१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साङ्लाले बाँधिएका लीला उपचारपछि घर फर्किए

अ+ अ-

झापा । सत्र वर्षदेखि साङ्लोमा बाँधिएका बाह्रदशी गाउँपालिका– ३ राजगढका १९ वर्षीय लीला चम्लागार्इं उपचारपछि सोमबार घर फर्किएका छन् ।

मानसिक सन्तुलन गुमेपछि लीलालाई उनका परिवारले विगत १७ वर्ष वर्षदेखि घरमा नै साङ्लाले बाँधेर राखेका थिए ।

केही समाचार माध्यमले फागुन ३० गते १७ वर्षदेखि साङ्लोमा लीलाप्रसाद शीर्षकमा तस्बीर सहितको समाचार प्रकाशन गरेपछि उनको विर्तामोडस्थित बिएन्डसी अस्पतालले निःशुल्क उपचार गर्ने घोषणा गरेको थियो ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसार्इं, मानसिक रोग विशेषज्ञ डा. सन्दिप बर्मा र सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारीलगायत टोलीले चम्लागार्इंको घरमै पुगेर लीलालाई उपचारका लागि अस्पताल ल्याइएको थियो ।

चैत १ गते अस्पताल भर्ना भएका लीलको सम्पूर्ण औषधि उपचार अस्पतालले निःशुल्क गरेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिष गिरीले बताए ।

दुई सातासम्म अस्पतालमा डा. बर्मासहितको चिकित्सक टोलीले उनको उपचारपछि सोमबार लीलालाई एक समारोहको आयोजना गर्दै घर फर्काइएको छ ।

सो अवसरमा उनको उपचारमा संलग्न चिकित्सक बर्माले लीलालाई अब साङ्लोले बाध्नु नपर्ने बताए । उनमा बुद्धिको विकास नभएको र छारे रोगका कारण यस्तो समस्या देखिएको भन्दै उनले केही समयसम्म लीलाले निरन्तर औषधि सेवन गर्नुपर्ने बताए ।

२०५४ सालमा जन्मिएका लीला बाल्य अवस्थादेखिनै बोल्दैनथे । उनको दाँहिने हातसमेत नचल्ने र टोलाइरहने स्वभावका उनी अहिले सबै कुरा बुझ्नसक्ने भएको उनकी आमा जानुकाले बताईन् । उपचारपछि छोरो निको भएको भन्दै उनले उपचारमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिएकि छिन् ।

अस्पतालका प्रबन्ध निर्देशक प्रसाईंले लीलाको उपचारमा लागेका सम्पूर्ण खर्च अस्पतालले नै व्यहोरेको र अब लाग्ने सम्पूर्ण औषधिसमेत अस्पतालले निःशुल्क प्रदान गर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस