पसिनाको कुनै मुख हुँदैन
सुख हुँदैन जहाँ दुःख हुँदैन
ऊँट पनि मरुभूमिमा बाँचेकै हुन्छ
जहाँ कुनै हरिया रुख हुँदैन
चाहे भान्सामा चामल सकियोस्
तैपनि कविलाई अपूग हुँदैन
त्यो नेपाली कहाँ हुन सक्छ र
देश रुँदा जसको मुटु ढुकढुक हुँदैन
अब छिट्टै फैसला गर्नुपर्छ मित्र
कलम हुँदैन यात बन्दुक हुँदैन