Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्यूठानमा जिप दुर्घटना, ६ जनाको मृत्यु


प्रशासन संवाददाता

११ चैत्र २०७३, शुक्रबार


बस दुर्घटना

प्यूठान । प्यूठानमा जिप पल्टिँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शुक्रबार बिहान सवा सात बजे काठमाडौंबाट स्वर्गद्वारी दर्शन गर्न आएका तिर्थयात्री सवार बा १ च १५६१ नम्बरको स्कारपीयो जिप भिंगृ–६ रुमालेमा पल्टिँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

गाडी चालक सहित तीन घना घाइते भएका प्रहरीले जनाएको छ । गम्भीर घाइते तीन जनालाई प्राथमिक स्वाथ्य केन्द्र भिंगृमा उपचारको लागि पठाइको छ ।

प्रहरीका अनुसार जिप सडकबाट दुई सय पचास मिटर तल खसेको छ । मृत्यु हुनेहरुमा ललितपुर महानगरपालिका—१४ तिसेदेवलका दिनेश बस्नेत तथा उनका छोरीहरु दिक्षा, पद्मा र दिया छन् । त्यस्तै सोहि ठाउँका सुनिता श्रेष्ठ र श्रृष्टी खत्रीको पनि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । दुर्घटनामा घाईते हुनेहरुमा सवारी चालक सरोज घले, सुशीला बराल र अमृता गजुरेल छन् ।

प्रतिक्रिया दिनुहोस