डुङ्गा चलाउने पेसा सङ्कटमा « प्रशासन
Logo २९ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

डुङ्गा चलाउने पेसा सङ्कटमा


६ चैत्र २०७३, आइतबार


पाल्पा । कालीगण्डकी नदीमा काठको डुङ्गा चलाउने पेसा गर्दै आएका बोटे समुदाय पेसाबाट विस्थापित बन्दै गएका छन् । कालीगण्डकी नदीमा पुल बनेसँगै उनीको पुख्र्यौली पेसा लोप हुँदै गएको हो ।

कालीगण्डकी वारपार गराउने सिपालु बोटे समुदायका मानिस कालीगण्डकीको रिडी, रानीघाट, केलादीघाटलगायतका घाटमा डुङ्गा चलाएको अहिले देख्न पाइँदैन, त्यस्ता नदी तथा खोलामा झोलुङ्गे तथा पक्की पुल निर्माणसँगै उनीहरुको पेसा सङ्कटमा परेको हो ।

पाल्पा रामपुर नगरपालिकास्थित केलादीघाटमा बोटे समुदायको ठुलो बस्ती रहे पनि माछा मार्ने र डुङ्गा चलाउने काम गर्दैनन्, केलादीघाट क्षेत्र पुल बनेसँगै डुङ्गा चलाउन छाड्नुपर्ने बाध्यता आएको राम बोटे बताउँछन् । साठी घरपरिवार बोटेबस्ती भए पनि अहिले अधिकांश युवा विदेश, खेतीपाती र मजदुरीबाट नै जीविकोपार्जन गर्न बाध्य छन् ।

स्थानीय बासिन्दा सूर्यप्रकाश पोखरेलले नदीमाथि पुल बन्नुभन्दा अघि डुङ्गा चढ्न एक हप्तासम्म कुर्नुपर्ने र पाँच पैसादेखि पाँच रुपैयाँसम्म तिरेको सुनाए । खासगरी पहिला पैसाभन्दा पनि अन्नबालीमा सेवा लिन पाइने चलन रहे पनि पछि डुङ्गा चढेपछि पैसा तिर्नुपर्ने व्यवस्था आएपछि दुवै पक्षलाई सहजता आएको पोखरेल बताउछन् ।

डुङ्गा चलाउँदा अन्नबाली मुरीका मुरी सङ्कलन हुँदा उनीहरुले खेतीपाती गर्न पर्दैनथ्यो, तर अहिले खेतपाती तथा मजदुरीमा महिला अग्रसर भएर लागेका छन् । बोटे समुदाय आदिवासी जनजातिअन्तर्गत आर्थिक रुपमा विपन्नको सङ्ख्या बढी छ । रामपुर नगरपालिका, रम्भागाउँपालिका, बगनासकाली र तानसेन नगरपालिकासँग कालीगण्डकी नदीको सिमाना हुँदै बग्छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस