फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा एघारजना प्रतिस्पर्धामा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा एघारजना प्रतिस्पर्धामा


६ चैत्र २०७३, आइतबार


फ्रान्स । फ्रान्सको राष्ट्रपतीय निर्वाचनको एक महिना बाँकी रहँदा राष्ट्रपतिको प्रतिस्पर्धामा जम्मा ११ जनाले प्रतिस्पर्धा गर्न पाउने गरी स्वीकृति प्रदान गरिएको फ्रान्सको संवैधानिक आयोगले शनिबार जनाएको छ ।

निर्वाचनमा सहभागी हुन आधिकारिक स्वीकृति प्राप्त राष्ट्रपतिका उम्मेदवारले ५०० भन्दा बढी मेयरको हस्ताक्षर बुझाउनुपर्नेमा जम्मा ११ जना उम्मेदवारले सो मापदण्ड पूरा गरेका आयोगका अध्यक्ष लरेन्ट फेवियसले बताए ।

आगामी अप्रिल २३ मा हुने पहिलोचरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले निर्वाचित बन्नका लागि चाहिने आवश्यक बहुमत प्राप्त गर्न नसक्ने अनुमान गरिएको छ ।

यद्यपि अफ्रिलमा हुने उक्त निर्वाचनबाट दुई प्रमुख प्रतिस्पर्धीको चयन हुनेछ र उनीहरुको प्रतिस्पर्धा पुनः मे ७ मा हुने निर्वाचनमार्फत हुनेछ ।

राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी घोषणा गरीआयोगबाट आधिकारिकता पाएका पाँच प्रतियोगीले पहिला तीन टेलिभिजन बहसअन्तर्गत सोमबार प्रत्यक्ष सहभागिता जनाउँदै आफ्ना मुद्दाबारे मतदातालाई जानकारी गराउने छन् ।

यसरी सोमबारको बहसमा भाग लिने उम्मेदवारमा दक्षिणपन्थी उम्मेदवार म्यारिनले पेन, मध्यपन्थी उम्मेदवार इम्यानुयल म्याक्रन, रिपब्लिकन उम्मेदवार फ्रास्वाँ फिलन, समाजवादी पार्टिका बेनोइट ह्यामन र कम्युनिस्ट पृष्ठभूमिका जाँ लुक मेलेनचोन रहेका छन् । बाँकी छजना कसैले पनि पाँच प्रतिशतभन्दा बढी मत प्राप्त गर्न सक्ने नदेखिएको बताइएको छ । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस