Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

राप्रपाले ‘जनताको माझमा राप्रपा कार्यक्रम’ सञ्चालन गर्ने


प्रशासन संवाददाता

४ चैत्र २०७३, शुक्रबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावलाई सहज बनाउने उद्देश्यले चैत ७ देखि १० गतेसम्म देशैभर ‘जनताको माझमा राप्रपा र स्थानीय चुनाव सम्बन्धी कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।

काठमाडौँबाट सुरु गरिने कार्यक्रमअन्तर्गत स्थानीय तह निर्वाचनका विभिन्न योजना तथा कार्यक्रम देशका सबै स्थानमा पार्टीका जिल्ला समिति तथा जनवर्गीय सङ्गठनले व्यवस्थापन गर्नेछन् ।

पार्टीका सम्पूर्ण जिल्ला कार्य समितिले विस्तारित बैठक तीन दिनभित्र सम्पन्न गरी नयाँ संविधानअनुसार पार्टीको स्थानीय तहका महानगरपालिका, उपमहानगरपालिका र गाउँपालिका सबै इकाई समायोजन गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिए।

यसैबीच, पार्टीले यही चैत ५ गते चुनाव चिह्न ‘गाई’ सार्वजनिक गर्ने भएको छ । पार्टीद्वारा सोही दिन राष्ट्रिय सभागृहमा आयोजना गरिने औपचारिक समारोहमा पार्टी अध्यक्ष कमल थापाले पार्टीको आधिकारिक चुनाव चिह्नका रुपमा ‘गाई’ सार्वजनिक गर्नेछन् ।

राप्रपा र राप्रपा नेपालसँगको एकता महाधिवेशनका क्रममा केही नेताले ‘हलो’ लाई चुनाव चिह्न प्रयोग गर्न माग गरेपछि विवाद भएको थियो । तत्कालीन राप्रपा नेपालले ‘गाई’ तथा राप्रपाले ‘हलो’ चुनाव चिह्नका रुपमा प्रयोग गर्दै निर्वाचनमा सहभागी हुँदै आएका थिए ।

गत फागुन ६ देखि ११ गतेसम्म काठमाडौँमा भएको महाधिवेशनले विवाद टुङ्गो लगाउन सकेको थिएन । फागुन २० गते बसेको केन्द्रीय कार्य समितिको बैठकले पार्टीको चुनाव चिह्नका रुपमा ‘गाई’ प्रयोग गर्ने निर्णय गरेको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस