४ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्व शिक्षक विद्यार्थी विद्यालय पुनःनिर्माणमा

अ+ अ-

दोलखा । मुलुकमा प्रजातन्त्र आउनुभन्दा अघि खुलेको सुस्पा क्षमावती उच्च माध्यामिक विद्यालयको भूकम्पपछिको पुनःनिर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ ।

विसं २००५ मा स्थापना भएको उक्त विद्यालय भवन भूकम्पका कारण पूर्णरुपमा क्षति भएको थियो । अहिले भवन र छात्रावास पुनःनिर्माण कार्य भइरहेको छ । सो विद्यालयका पूर्व शिक्षक र विद्यार्थी समाजको संयुक्त भेलाले पुनःनिर्माण कार्य अगाडी बढाउने निर्णय गरेको हो ।

जिल्ला शिक्षा अधिकारी नारायणकाजी काशिछवाले पुनःनिर्माण कार्यअन्तर्गत सो विद्यालयको आठ कोठे भवन निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले विद्यालयको शैक्षिक गतिविधि निरन्तर रुपमा बढाउनुपर्नेमा जोड दिए ।

गौरीशङ्कर बहुमुखी क्याम्पसका अध्यक्ष राजेन्द्र मानन्धरले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न र भूकम्पपछिको पुनःनिर्माणमा पूर्व शिक्षक विद्यार्थीको नमुना विद्यालय बनाउने कार्य उल्लेखनीय रहेको बताए । सो अवसरमा विद्यालयको पुनःनिर्माणका लागि वरिष्ठ इन्जिनियर महेन्द्रबहादुर कार्कीले सहयोग गर्नुभएको पाँचलाख विद्यालयलाई हस्तान्तरण गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस