Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मधेसी मोर्चाले जनताको साथ पाउँदैनः ओली


प्रशासन संवाददाता

१ चैत्र २०७३, मंगलबार


नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिका नाममा मुलुकमा द्वेष, विग्रह र द्वन्द्व फैलाउन खोज्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत मंगलवार नेपालगंजमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीलले केही असामाजिक तत्वबाट जात, धर्म, सम्प्रदाय र भूगोलका नाममा अराजकता मच्चाउन खोज्ने प्रयासलाई आपm्नो दलले कदापि पूरा हुन नदिने बताए ।

उनले मधेसी जनतालाई भ्रममा राखेर राजनीतिक अधिकारका नाममा झुठो प्रचार गरी संविधान कार्यान्वयन हुन नदिने संयुक्त मधेसी मोर्चाले जनताको साथ नपाउने तर्क गरे ।

अध्यक्ष ओलीले संविधानको कार्यान्वयनका लागि निर्वाचनमा जानुको विकल्प नभएको बताउदै कसैको झुठो प्रचारमा नलागी आमनेपाली जनता निर्वाचनमा सहभागी हुनुपर्ने बताए ।

वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो दलको जागरण अभियान कसैका विरुद्धमा लक्षित नभएको बताउँदै राष्ट्रिय एकता बलियो बनाउनेतर्पm मात्र केन्द्रित रहेको बताए ।

उपाध्यक्ष वामदेव गौतम र नेता लालबाबु पण्डितले जनताको मनमा बसेको एमालेलाई समाप्त पार्न मधेसमा भइरहेको प्रपञ्चलाई सफल हुन नदिने उद्घोष गरे ।

दुई राउन्ड हवाइफायर

नेकपा एमालेको मेची–महाकाली अभियान बिथोल्ने प्रयासस्वरुप आयोजना गरिएको बन्दका क्रममा दुई राउन्ड हवाइफायर र चार राउन्ड अश्रुग्यास प्रहार भएको छ ।

बाँकेको सोनपुर गाविस र उढरापुर गाविसको सिमाना पर्ने गोन्हनामा मधेसी मोर्चाका कार्यकर्ता र एमालेका कार्यकर्ताबीच भएको दोहोरो झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले दुई राउन्ड हवाइफायर र चार राउन्ड अश्रुग्यास प्रहार गरेको हो ।

प्रहरीले बन्दकर्तालाई हटाउन खोज्दा लाठी प्रहार गरेपछि बन्दकर्ताले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए । प्रहरीमाथि ढुङ्गामुढा हुन थालेपछि प्रहरीले अश्रुग्यास र हवाइफायर गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस